×

वीरगञ्ज, १ फागुन । डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ । 

नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् । 

डिशहोमले ल्याएको वाईफाई ६ राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा छिटो चल्ने कम्पनीले दाबी गरेको छ । 

Back to top