×

वीरगञ्ज, २९ पुष । नेपाल निजामती कर्मचारी संगठन पर्साको ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले अमित गिरीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा सन्दिप पटेल, निशा दाहाल, सचिवमा सुरेन्द्र प्रसाद यादव, सहसचिवमा राम सुन्दर महतो र कोषाध्यक्षमा राजेश राम लगायत रहेका छन् । नवनिर्वाचित पदाधिकारीसँगै सदस्यहरुले कर्मचारीको हकहितको लागि सँधै प्रतिबद्ध रहेको बताएका थिए ।

Back to top