×

वीरगञ्ज, २२ मंसिर । भारत विराह राज्यका प्रमुख प्रतिपक्षका नेता तथा राष्ट्रिय जनता दल (आजजेडी) का राष्ट्र अध्यक्ष लालु प्रसाद यादवका छोरा तेजस्वी यादव छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यही बिहिआर उनको इन्गेजमेन्ट हुन् लागेको छ । सामाजिक सञ्जालमा सक्रिय रहने तेजस्वीकी बहिनी रोहिणी आचार्यले ट्वीटरमार्फत भाइको विवाह हुनलागेको पुष्टि गरेकी छन्।

"भाई के सार पर सेहरा है सजने वाला, खुशीयों से गुलजार घर का आंगन है होने वाला," रोहिणीले लेखेकी छन् । अर्थात भाईको टाउकोमा सहारा सजन लागेको छ र खुसीले घरको आँगन गुल्जार हुनलागेको छ ।

यद्दपी दुलहीको हुन् भन्ने बारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन ।

विवाहको तयारीका लागि तेजस्वी यादवको परिवार दिल्ली आइपुगेको छ । स्रोतका अनुसार तेजस्वी यादव र उनका भाइ तेज प्रताप आमाबुवा लालुप्रसाद यादव, राबडी देवी र बहिनी मीसासँग दिल्लीमा छन् ।

बिहीबार हुने इन्गेजमेन्टमा करिब ५० जनाको मात्रै उपस्थिति रहनेछ स्रोतको भनाई छ ।

सात दिदीबहिनी र दुई दाजुभाइमध्ये तेजस्वी विवाह गर्ने अन्तिम हुन् ।

२०१५ देखि २०१७ सम्म बिहारको उपमुख्यमन्त्री समेत रहेका तेजस्वी यादव आरजेडीबाट बिहार विधानसभामा विपक्षी दलका नेता हुन् । उनी राघोपुर सिटबाट विधायक चुनिएका छन् ।

उनलाई आफ्नो बुबाको राजनीतिक विरासतको उत्तराधिकारी पनि भनिन्छ।

Back to top