×

वीरगञ्ज, २१ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले पार्टीको आगामी महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । 

नेपाली काँग्रेसको तराई मधेस विभागका प्रमुखसमेत रहेका चौरसियाले नेपाली कांग्रेसको आगामी १४ आँ महाधिवेशनमा केन्द्रीय समितिमा मधेसी कलस्टरबाट सहमहामन्त्रीका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका हुन् । उनले यस विषयमा नेताहरुसँग छलफल समेत सुरु गरेको बताएका छन् ।

पर्सावासी नेता चौरसिया कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट हुन् । उनले देउवाको प्यानलबाटनै सहमहामन्त्रीमा लड्न इच्छा देखाएका छन् ।  

नेता चौरसिया गत असोजमा भारतको केन्द्रीय सरकारको सत्तारुढ दल भारतीय जनता पार्टीको आमन्त्रणमा भ्रमणमा गएको ३ सदस्यीय टोलीमा नेता चौरसिया पनि सामेल थिए ।

पूर्व मन्त्री समेत रहेका चौरसिया लागातार २ पटकदेखि काँग्रेसको केन्द्रीय सदस्य छन् । 

पर्सालाई कांग्रेसको पदाधिकारीमा सहभागिता दिलाउन उनले आफ्नो उम्मेदवारी दिन लागेको यात्राडेलीलाई बताए । ‘मधेसी कलस्टरबाट सहमहामन्त्रीमा लड्छु भनेर मैले आफ्नो निकट नेताहरुसँग छलफल बढाएको छु । पार्टीमा मधेस र पर्सा जिल्लाको नेतृत्व पनि होस् भन्ने उद्देश्यले मैले आफ्नो उम्मेदवारी दिने सोच बनाएको छु,' चौरसियाले भने ।

Back to top