×

१९ मंसिर । महाराष्ट पछि दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ को सङ्क्रमण देखिएको छ । 

महाराष्ट पछि दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा कोरोनाको नयाँ सङ्क्रमण देखिएको हो । ती व्यक्तिको एलएनजेपी अस्पतालमा भइरहेको बताइएको छ । 

भारतमा यो ओमिक्रोन भेरियन्टका पाँचौँ ’केस’ हो । यसअघि बेङ्गलोर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो । 

अहिलेसम्म २१ जनामा कोभिड परीक्षण पोजेटिभ पाइएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्यमन्त्री जैनले बताउनुभयो । 

गएको हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोन भेरियन्टलाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित देशमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गर्नुभएको थियो । 

अहिलेसम्म विश्वका २३ देशमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भइसकेको छ । 

नयाँ भेरियन्टका कारण बेलायत, युरोपेली सङ्घ, अमेरिका र क्यानडाजस्ता देशले दक्षिण अफ्रिकासहित केही अफ्रिकी देशबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् । 

गएको २६ नोभेम्बरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई ’ओमिक्रोन’ नाम दिँदै यो नयाँ भेरियन्ट ’चिन्ताको विषय’ भएको जनाएको थियो ।
 

Back to top