समय-समयमा हामीले प्रयोग गर्ने एपहरूमा विभिन्न नयाँ फिचर अपडेट भइरहेको हुन्छ । कतिपय फिचरहरू हामीले याद पनि गरेका हुँदैनौं । तीमध्ये एउटा फिचर हो, म्यासेन्जरमा इन्ड टु इन्ड इन्क्रिप्सन अर्थात गोप्य रुपमा गरिने च्याट ।
हुन त म्यासेन्जरमा केही समयदेखि नै यो फिचर उपलब्ध थियो । कसैले नियमित रूपमा यो फिचर प्रयोग गरिरहेका हुन सक्लान् । तर अझै धेरैलाई अझै पनि यो फिचरको बारेमा जानकारी छैन ।
कतिलाई व्यक्तिगत च्याटमा मात्र उपलब्ध छ भन्ने जानकारी छ । तर यो फिचर अब दुवै व्यक्तिगत र ग्रुप च्याटमा नै प्रयोग गर्न सकिन्छ ।
यसको अर्थ हो सो फिचर प्रयोग गरेर गरिएको च्याटबक्समा गरिएको कुराकानी लामो समयसम्म रहँदैन र तपाईंले म्यासेज हट्ने समय पनि आफू अनुकुल मिलाउन सक्नुहुन्छ ।
एन्ड्रोइडमा गोप्य च्याट कसरी गर्ने ?
यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने चाहिँ आफूले चाहेको व्यक्तिको च्याटबक्समा गएर उसको नाममा क्लिक गरेपछि ‘सेक्रेट कन्भर्सेसन’ भन्ने अप्सन आउँछ । सो अप्सनमा क्लिक गरेर गोप्य च्याट सुरु गर्न सक्नुहुन्छ । - टेकपाना