×

परिवारमा कम्तीमा पनि एकजना सदस्य मोबाइल प्रयोगकर्ता भएको घरधुरी नेपालमा ९० प्रतिशतभन्दा बढी भएको पाइएको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सार्वजनिक गरेको ‘कनेक्टिभिटी इन द लिस्ट डेभलप्ड कन्ट्रिज: स्टाटस रिपोर्ट २०२१’ का अनुसार नेपालको ९६ प्रतिशत घरधुरीमा मोबाइल फोन बोक्ने कम्तीमा पनि एकजना सदस्य छन् ।

रिपोर्टका अनुसार यस्तो घरधुरी सहरी क्षेत्रमा ९७ प्रतिशत छ भने ग्रामीण क्षेत्रको ९४ प्रतिशत घरधुरीका प्रयोगकर्ताहरू मोबाइल बोक्छन् ।

नेपाल लगायत कम्तीमा पनि एक जना मोबाइल प्रयोगकर्ता भएको घरधुरी ९० प्रतिशतभन्दा बढी भएका अतिकम विकसित देशहरूमा बंगलादेश, भुटान, कम्बोडिया, जाम्बिया लगायत छन् ।

विकसित देशहरू मात्र नभई पछिल्लो समयमा विकासोन्मुख देशहरू पनि मोबाइल फोनको पहुँचमा धेरै अगाडि रहेको रिपोर्टले जनाएको छ । - टेकपाना

Back to top