×

मुम्बई(एबीपी लाइभ)– दक्षिण भारतीय फिल्मका शक्तिशाली जोडीका रुपमा परिचित नागा चैतन्य र सामन्था रुथ प्रभुले जब सम्बन्धविच्छेदको घोषणा गरे । उनीहरुको फ्यान तथा नजिकका आफन्तलाई ठूलै झड्का लाग्यो ।

दुवैको वैवाहिक जीवनलाई लिएर केही महिनादेखि अनेक अड्कलबाजी चलिरहेको थियो । जुन अड्कलबाजीलाई पुष्टि गर्दै दुवैले २०२१ को अक्टोबर २ मा अलग्गिने निर्णय लिए ।

समाचारअनुसार आपसी सहमतिमा गरिएको यो सम्बन्धविच्छेदपछि नागा एक महिनादेखि हैदराबादको एक पाँचतारे होटलमा बसिरहेका छन् । जबकी सामन्था त्यही घरमा पुगेकी छिन्, जहाँ कुनै समय उनी नागाका साथ बस्थिइन् ।

नागाले हैदराबादको एक जुबली पहाडमा घर किनेका छन् । जुन घरको हाल रिनोभेसन चलिरहेको छ । यो नयाँ घरको रिनोभेसनको काम पुरा भएपछि उनी घरमा आउनेछन् ।

नागाले दुई वर्ष अघि बलिउड अभिनेत्री तब्बुबाट घर किनेका थिए । विवाह पछि उनी सामन्थासँग त्यही बस्थे ।

Back to top