वीरगञ्ज २० असोज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साले एक कार्यक्रमको मंगलबार आयोजना गरेर आफ्नो १४ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा वीरगञ्जमा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चालक समिति सदस्य शम्भु गुप्ताले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गुप्ताले शुभकामना मन्तव्य राख्दै सहकारी संघले साकोसकोहरुको मन जित्न सफल भएको वताए ।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेश पंडितले संचालक समितिले निर्णय गरेको पाँच वटा उप–समितिका पदधीकारीहरुलाई आ–आपनो जिम्मेवारी बहन गर्न आग्रह गरे ।
संघका अध्यक्ष पण्डितको अध्यक्षतामा भएको कार्याक्रमा जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह, लेखासमितिका संयोजक राजेन्द्र प्रसाद जयसवाल, राष्ट्रिय सहकारी बैक लि. वीरगञ्ज शाखाका प्रवन्धक संजय कुमार महतो र नेफ्स्कुन फील्ड कार्यालयका इन्चार्ज बृजेश गुप्ताले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन संघका महासचिव जिष्णु बरालले गरेका थिए ।