×

अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरुले तालिबानि लडाकूलाई लक्षित गर्दै आक्रमण गरेका छन्। बन्दुकधारीले चलाएको गोली लागेर दुई तालिबानी लडाकूसहित तीनजनाको मृत्यु भएको छ। अगस्त १५ मा तालिबानले अफगानिस्तानमा कब्जा गरिसकेपछि भएको यो पछिल्लो घटना हो।

अफगानिस्तानको जलालबादस्थित एक तालिबानी चौकी नजिकै रहेको गाडीमाथि गोलाबारी गरेका थिए। उक्त गाडीमा तालिबानी लडाकू भएको पाइएको छ। तालिबानी अधिकारीहरुले तालिबानी लडाकू नमारिएको दाबी गरेको छ। तालिबानी अधिकारीहरुले मारिनेमा सबै सर्वसाधारण भएको बताएको छ। तर, स्थानीयका अनुसार दुई तालिबानी लडाकू पनि रहेको बताइएको छ।

जलालबादमा इस्लामिक चरमपन्थी संगठन इस्लामिक स्टेटको दबदबा रहेको छ। अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि तालिबानी लडाकूमाथिको आक्रमण बढ्दो छ।यसअघि भएका दुई बम हमलामा पनि आफ्नो हात रहेको आईएसले गत शनिबार बताएको थियो। जसमा एक बम हमलमा दुई जना मारिएका थिए भने अर्को काबुलमा विस्फोट गराइएको थियो।

Back to top