×

वीरगञ्ज ७ सावन । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले बेटि बचाउ बेटि पढाउ अभियान अन्तर्गत बिहीबार वीरगञ्जको माईस्थान विद्यापिठ विद्यालयमा १ सय २० वटा छात्रालाई साईकल वितरण गरेका छन ।


सो वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताउदै प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता व्यक्त गरेका छ्न ।


साईकल वितरण कार्यक्रममा जसपा पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, शिक्षक नेता बृजमोहन तिवारी, हरेन्द्र चौरसिया, लगायतका सहभागि रहेका थिए ।


 

Back to top