×

तस्विर सौजन्य ।

वीरगञ्ज, ५ असार । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टिल्स्मा भट्टी पड्किएर भएको आगालागी भएको छ ।

भट्टी पड्किंदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३ जना घाइते पनि भएका छन् । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार चलिरहेको छ । 

मृत्यु हुनेमा उद्योगमा कार्यरत फायरमैन र वेल्डर रहेका छन् । उनीहरुको अहिलेसम्म पहिचान भने खुलीसकेको छैन ।

शनिबार साँझ भट्टी पड्किएर उद्योगमा भएको आगलागी हाल नियन्त्रणमा आईसकेको प्रहरीले जानकारी गराएको हो । 

क्षतिको विवरण संकलन भईरहेको छ ।

Back to top