×

४ असार ।  अफ्रिकी मुलुक नाइजेरियामा बिद्रोही समूहले एक प्रहरी अधिकृतको हत्या गरी पाँच शिक्षक र केही बिद्यार्थीहरुको अपहरण गरेको छ ।

नाइजेरियाको केबी शहरको दुर्गम स्थानमा रहेको कलेजमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले सो कलेजमा रहेका प्रहरीको गोली हानी हत्या गरेको हो ।

ती बन्दुकधारीहरुले बिद्यार्थीहरुमाथि पनि गोली प्रहार गर्दा केही बिद्यार्थी घाइते भएका छन् । नाइजेरियामा बिद्रोही समूहले यो महिनामा गरेको यो तेश्रो आक्रमण हो ।

अपहरणमा परेका बिद्यार्थीको संख्या यकिन नभएकाले नाइजेरियाली सरकार लगत संकलनमा जुटेको छ ।

Back to top