×

वीरगञ्ज, ३१ जेठ । प्रदेश २ सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

आइतबार साँझ बसेको प्रदेशसभा बैठकमा छलफल पश्चात् नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

नीति तथा कार्यक्रम बिहीबार प्रदेश प्रमुख डा. राजेश झा अहिराजले प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए । 

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुलेको छ । योसँगै सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ ।

नीति तथा कार्यक्रममाथि भएको छलफलको क्रममा केहि सांसदहरुले संशोधनको प्रस्ताव पेस गरेका थिए । सो संशोधनको प्रस्ताव फिर्ता लिएसँगै सर्वसम्मतले नीति तथा कार्यक्रम पारित भएको हो । 

जसपाको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रम पारित गर्न पार्टीमा ह्विप नै जारी गरेको स्रोतले जनाएको छ ।

Back to top