×

वीरगञ्ज २७ जेठ । नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी नहुने प्रदेश  सभा सदस्य जगत यादवले जनाएका छन् । 


वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने भन्दै सामाजिक सञ्जालमा लेखेका छन ।

मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको हो । माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएका माओवादी सरकारमा सहभागी नहुने जनाएको छ ।

माओवादी केन्द्रका सांसद जगत यादवले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी न हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्यसमेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटा मात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए।


 

Back to top