×

बलिउड स्टार सलमान खानको फिल्म ‘राधे’ जी प्लेक्स र डिटिएचमार्फत एकैसाथ रिलिज भएको छ । यसको साथै अन्य देशहरुका थिएटर्समा पनि रिलिज भएको हो ।

फिल्मले रिलिजको दिन नै हालसम्मकै धेरै हेर्ने फिल्मको रेकर्ड बनाएको छ । अत्यधिक संख्याले हेरकै कारण कै सर्वर डाउन भएको निर्माण पक्षले जनाएको छ । फिल्मलाई पहिलो दिनमा नै विभिन्न प्लेटफर्म मार्फत ४.२ मिलियन भ्युज मिलेको छ । र एकैदिनमा सबैभन्दा धेरै हेर्ने फिल्म बनेको छ ।

५० प्रतिशत क्षमताको युएईको थिएटर्समा ‘राधे’ले ओपनिङ डे मा नै ३७ लाख ९ हजार अमेरिकी डलर संकलन गरेको छ । यो भन्दा अगाडी २०१९ मा सलमान कै फिल्म ‘दबंग ३’ले संकलन गरेको तुलनामा यो अधिक हो । यसको साथै सलमान खान कठिन परिस्थितीमा पनि फिल्म रिलिज गर्ने एक प्रभावी मोडल बनेका छन् । एजेन्सी 

Back to top