×

वीरगञ्ज, ३१ चैत्र । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेकाे छ । साेमबार १२७५ रहेकाे चादीकाे मुल्य मगलबार ताेलामा १५ रुपया घटेर १२६० रहेको महासंघले जनाएको छ ।

Back to top