×

वीरगञ्ज, २१ चैत । सांसद रेशम चौधरीलाई रिहा हुनबाट कसैले रोक्न नसक्ने जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले बताएका छन् । 

शुक्रवार सप्तरीको राजविराजमा आयोजित राष्ट्रिय जागरण सभालाई सम्बोधन गर्दै नेता महतोले जेलमा रहेका सांसद चौधरी चाँडै रिहा हुने ठोकुवा गरे । 

उनले सरकारमा जान हतारो नरहेको भन्दै यस पटक उधारो सम्झौता नगर्ने पनि बताए ।

उनले सांसद चौधरीको रिहा, संविधान संशोधन, मधेस–थरुहट आन्दोलनमा आफ्ना नेता कार्यकर्ता माथि लगाइएको झुठा मुद्दा फिर्ता लगायतको माग पुरा नभएसम्म सरकारमा सहभागी नहुने बताए । 

नेता महतोले सरकारले पटक–पटक बाचा गरेर धोका दिएकोले अब उधारोमा सम्झौता होइन नगदीमा हुनुपर्ने धारणा राखे । 

उनले विभिन्न दलहरूसँग कुरा गर्न कार्यदल बनाएको भन्दै पहिले माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने विषयमा कुरा अघि बढ्ने बताए ।

Back to top