×

वीरगन्ज । स्थित ठाकुराम बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुखलाई नेपाल विद्यार्थी संघ ठाकुराम इकाई कमिटिले घेराउ गरेको छ ।

नेविसंघ ठाकुराम इकाई कमिटीका अध्यक्ष मनोज साहको नेतृत्वमा गएका विद्यार्थी नेताहरुको समुहले निमित्त क्याम्प प्रमुख सुरेश कुश्वाहालाई १ घण्टा सभा हलमा घेराउ गरेका हुन् ।

यसअघि फाल्गुन ६ गते विभिन्न मागहरु राख्दै निमित्त क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको तालाबन्दी हालसम्म पनि खुलेको छैन । क्याम्पसमा बिबिए संकायको भवन निर्माण गर्नुपर्ने, अनियमित तरिकाले गरिएका नियुक्ती रोक्नुपर्ने, पठनपाठनमा सुधार गर्नुपर्ने, छात्रबृतिको परिक्षा र नतिजा सार्वजनिक गरी कार्यन्वयन गर्नुपर्ने, क्याम्पस प्रशासनमा सरसफाई लगायतका माग राख्दै नेविसंघ इकाई कमिटिले यसअघि कुश्वाहाको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

आफ्ना मागहरुको सम्बन्धमा चासो नदिएको हुँदा बाध्य भएर घेराउन गर्नुपरेको नेविसंघ ठाकुराम इकाई कमिटिका अध्यक्ष मनोज साहले बताउनुभयो ।

सो अवसरमा नेविसंघ इकाई कमिटका शेष हजारा, बिटु पटेल, शनि पटेल, अबिनाश गुप्ता लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

Back to top