×

वीरगञ्ज ।  नेकपा प्रचण्ड–माधव प्रचण्ड समूहले वीरगञ्‍जमा विजय र्‍याली निकालेको छ । र्‍यालीमा जनता समाजवादी पार्टी (जसपा) समेत सहभागी भएको छ ।

प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा विजय र्‍याली निकालिएको हो ।

विजय र्‍यालीले नगर परिक्रमा गरी सभामा परिणत हुनेछ । केपी शर्मा ओलीको गत पुस ५ गते संसद् विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद् पुनस्स्थापना गर्ने फैसला गरेको छ ।

Back to top