×

काठमाडौं  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।

मंगलबार राति १० बजे थापाले फेसबुकमार्फत लेख्दै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि कार्यान्वयन गर्नुपर्ने तर प्रधानमन्त्रीको राजीनामा नआउने प्रष्ट पारेका हुन् ।

उनले भविष्यमा यस फैसलाका दुष्प्रभावहरू देखिदैं जाने निश्चित भएको, राजनीतिक समस्या हल नहुने र अस्थीरता, सत्ताको खेल अझै वढ्ने समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्, प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन। 

Back to top