×

वीरगञ्ज । सर्वाेच्च अदालतले गरेकाे संसद पुर्नस्थानकाे निर्णयकाे खुशियालीमा वीरगञ्जमा दीप प्रज्वलन गरिएकाे छ । 

नेकपा प्रचण्ड-माधव समुह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू पर्साकाे आयाेजनामा मंगलबार सांझ वीरगञ्जकाे घण्टाघरमा दीप प्रज्वलन गरिएकाे हाे ।

दीप प्रज्वलनमा सहभागि नेकपाका नेताहरुले सर्वाेच्च अदालतकाे निर्णय एतिहासिक भएकाे वताउदै संविधानकाे रक्षा भएकाे वताएका छन् ।

साे अवसरमा वाेल्ने वक्ताहरुले सर्वाेच्चकाे संसद पुर्नस्थापनाकाे निर्णयले संघिय लाेकतान्त्रिक गणतन्त्रकाे रक्षा हुनुकाे साथै जनताकाे जित भएकाे वताएका हुन् ।

अनेरास्ववियूका केन्द्रिय सदस्य जुबेर आलमकाे अध्यक्षतमा भएकाे दीप प्रज्वलन कार्यक्रममा प्रदेश किमिटी सदस्य छाेटेलाल यादव, रामदरश कुशवाहा, रामबाबु बैठा, जिल्ला सदस्य प्रभाकर गुप्ता, समिर आलम टुनटुन तिवारी, सुरेन्द्र गुप्ता, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम साह, युवा संघका वीरगंज महानगर अध्यक्ष उमेश ठाकुर लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन युवा संघका नगर इन्चार्ज पिन्टु राैनियारले गरेका थिए । 

Back to top