×

बारा । कलैया उपमहानगर पालिका कलैयामा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड र नेपाल पक्षका मुस्लिम संगठन नेपाल बाराले आज बिरोध प्रदर्शन गरेकोछ ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यलयका फागुन २ गते पुर्ब निधारित कार्यक्रम अनुसार फागुन ११ गते सम्पुर्ण मुस्लिम एक होऔं नाराका साथ प्रतिगमन विरुद्ध बिरोध गरेका हो । 


बिरोध कार्यक्रम जिल्ला पार्टी कार्यलय कलैयाबाट निस्केको जुलुस गुप्ता पेट्रोल पम्प, भरत चौक, राजदेबी मंदिर, गुप्ता सिमेमा हल परिक्रमा गर्दै पुनः जिल्ला पार्टी कार्यलयमा पुगि बिरोध सभा गरेको छ । 


देशमा बिगतका राणा जाहानिया, बषौं देखि चलाएका राजतन्त्र यहाँका जनता फाले र प्रजातन्त्र हुँदै आज गणतन्त्रमा आयौं र प्रधानमन्त्री केपी ओलिले अहिले तानाशाह प्रबिधि काम नलागने, केहि समय लाग्छ सदन पुनःस्थापन हुन्छ नेकपा धर्म निर्क्षेपकता नेपालको जन आन्दोलन बाट आएको हो । 


बैलगाडा चढने केपिले दिएको हैन कुनै देशको सरकार आन्दोलन गर्दैन । ओलि सरकारको मांसिक स्तिथी ठिक नराहेको केन्द्रिय  सदस्य तथा बारा जिल्ला सह(इन्चार्ज डाक्टर गोपाल ठाकुरले आफ्नो मन्तव्यमा ब्यक्त गरेकाथिए ।


केन्द्रिय सदस्य तथा बिरगन्ज महानगर इन्चार्ज  बिशिस्ट अतिथि दिनेश राइ, नङ्ग र मासु, माछा र पानी, जमिन र बीउको सम्बन्ध जसरी हुन्छ त्यसरी नै मुस्लिम संगठन नेपालको सम्बन्ध रहेको छ ।


बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अतिथिले आफनो धारणा राखे । प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सीता गुरुङ, प्रदेश कमिटी राजन पौडेल, संविधान सभा सदस्य शिव चन्द कुश्वाहा, महम्मद समिउल्लाह, हसनजान अंसारी, राज खान लगायतकाले आफ्नो मन्तब्य राखेका थिए । 


बिरोध कार्यक्रममा अबुलेस अंसारी स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्षता मुस्लिम संगठन नेपाल बारा अध्यक्ष आबिद हुसैंन अंसारि गरेका थिए र मुस्लिम संगठन नेपाल प्रदेश कमिटी सदस्य इमरान आलम कार्यक्रम संचालन गरेका थिए ।
 

Back to top