×

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा नेकपाको वडा कमिटी भेला सम्पन्न भएको छ । 

वडा नम्बर २७ नेकपाको वडा कमिटी भेलाले लालकिसोर यादवको अध्यक्षतामा ५१ सदसीय कमिटी गठन गरेको छ । 

नेकपाको केन्द्रिय सदस्य एवं पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुअ आतिथ्यमा सम्पन्न भेलामा केन्द्रिय सदस्य बसरुदिन अंसारी, विश्वम्भर शर्मा, बिना देवी शर्मा, निर्मला देवकोटा लगायतकाले धारणा राख्नु भएको थियो । 

नेकपाको केन्द्रिय सदस्य बसरुदिन अंसारीले देशमा परिर्वतन ल्याउन प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको बिकल्प नरहेको बताएका थिए । उहाँले आउने निर्वाचनमा आफनो पक्षमा मत परिणाम पार्न संगठन बिस्तार, घर दैलो लगायतको कार्यक्रममा जोड दिएका थिए । 

कार्यक्रममा जिल्ला कमिटी सदस्य ईमरान हुसेन, युवा नेता रामकिसोर सिंह पराग, अमिताब बच्चन दास, संतोष पासवान लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
 

Back to top