×

वीरगन्ज । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले शिक्षा क्षेत्रको बिकास बिना नगर क्षेत्र बिकास भएको बुझ्नु नगरप्रमुखको मुर्खता भएको बताएका छन् ।

सरस्वती पुजाको अवसरमा बाल निकेतन मोडेल इङलिस बोर्डिङ स्कुल, बहुदर माई नगरपालिका ९ बिश्रामपुरद्वरा आज बिधालयमा आयोजित सान्स्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पटेलले बहुदर माई नगरपालिकाको बिकास र यहाका जनताको समृधिकालागि यस नगर क्षेत्र भित्र रहेका सम्पुर्ण बिधालयहरुको स्तरउन्नती, शिक्षा प्रणालीमा अहम परिवर्तन र आवस्यक शिक्षकको पुर्ती आवस्यकता रहेको बताएका छन् ।

यस्तै, उनले “अभिभावक सचेत नभए सम्म समाजको परिवर्तन असम्भव भएकोले अभिभावकहरुलाई सकृय र बहुदर माई नगरपालिकाका नगर प्रमुखलाई शिक्षण संस्थानहरु प्रती संबेदनसिल हुन आग्रह गरे ।

बिधालयका प्रधानाध्यापक बिरेश यादवको अध्यक्षतामा आयोजित सो समारोहमा “भङी साह माबि”का प्रअ रबिभुशन राम, जसपाका जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यदाव, सन्चारकर्मी बलराम यादव लगायातकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा बिधालयमा अध्ययनरत बिद्यार्थी हरु ले विभिन्न भाषाको गितमा नृत्य, गायन र नाटक प्रश्तुत गरेका थिए ।
 

Back to top