×

वीरगञ्ज । धार्मिक ग्रन्थ रामायणका बारेमा हालसम्म धेरै फिल्म बनिसकेका छन् । नयाँ–नयाँ शैलीमा भगवान रामको कथा देखाइएको छ । अब भने निर्माता मधु मेन्टाना ‘रामायण’मा मेगा बजेटको फिल्म बनाउदैछन् ।

करिब तीन सय करोडको लागतमा बन्ने फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोण प्रमुख भूमिकामा देखिँदैछन् । फिल्ममा ऋतिक रामको र दीपिका सीताको चरित्रमा हुनेछिन् ।

यो फिल्मको निर्देशन नितीश तिवारीले गर्नेछन् । नितीशले ‘दंगल’ जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् । निर्माता मधुले अनुराग कश्यप, विक्रमादित्य मोटवानी र विकास बहलबाट फेन्टम फिल्मस्को हिस्सेदारी खरिद गरेका छन् । अब उनी यो व्यानर एक्लै चलाउनेछन् ।

मधुले केही अनुसन्धानकर्तालाई ‘रामायण’का विषयमा अनुसन्धान गर्न भनेका छन् । अनुसन्धान गर्दा फिल्मको स्क्रिप्ट बनाउन सहयोग पुग्ने विश्वास मधुको छ । मधु ‘रामायण’लाई दुई भागमा रिलिज गर्ने सोचमा छन् । अभिनेता ऋतिक र अभिनेत्री दीपिकाको जोडी सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा पनि देखिँदैछन् ।

Back to top