×

वीरगञ्ज ४ कत्तिक । निर्धारित समय सकिएपनि भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा कर्मचारीहरुसँगै बसेर काम गरिरहेको अवस्थामा पक्राउ परेका लेखनदास रिहा भएका छन् । 

गत बिहिबार भुमिसुधार तथा मालपोत कार्यालय पर्साबाट पक्राउ परेका ८ जना जना लेखनदासलाई प्रहरीले जनही ५ हजार रुपैयाँ जरिवाना गराएर रिहा गरेको हो । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साबाट खटेको टोलिले मालपोत कार्यालयबाट राति ८ बजेको समय केहि काम गरिरहेको अवस्थामा छापा मारेर पक्राउ गरेको थियो । उनीहरुसँगै कार्यालयका १३ जना कर्मचारीपनि पक्राउ परेका थिए ।

कर्मचारीहरुलाई पक्राउ गरिएकै दिन आवश्यक कागजी प्रक्रिया पूरा गरी रिहा गरिएको थियो भने लेखनदासहरुलाई सोधपुछ गर्नका लागि प्रहरीले हिरासतमै राखेको थियो ।  

उनीहरुमाथि सार्वजनिक अपराध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक अपराध मुद्दामा सोमवार आठैजनालाई जनही रु ५ हजार जरिवाना गरी रिहा छ ।

कर्मचारीहरूलाई भने विभागीय कारबाईको लागि सिफारिश गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

Back to top