×

वीरगञ्ज ३ कात्तिक । पर्सामा आइतबार जम्मा तिन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा शनिबार पर्साको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ५३ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा थप तिन जनामा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले उपलब्ध गराएको विवरण अनुसार पर्साको नारायणी अस्पतालमा कार्यरत एक जना कर्मचारीसहित तिन जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । संक्रमित अस्पतालको ल्याबमा काम ४० वर्षीय पुरुष कर्मचारी हुन् ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं. १६ का एक जना ५४ वर्षीय पुरुष र सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर २ का एक जना २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

त्यसैगरी रौतहटको गढीमाई नगरपालिकाका एक जना ५० वर्षीय पुरुष पनि कोरोना पोजेटिभ भएको डाक्टर चौरसियाले जानकारी दिए ।

Back to top