×

वीरगञ्ज १ कात्तिक । वीरगञ्जको गणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद भएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठी चौक नजिक रहेको गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो ।

सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।
 

Back to top