×

वीरगञ्ज १ कार्तिक । पर्सा र बारामा गएराति ३६ जना संक्रमित थपिएका छन् । शुक्रबार राति वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साका २२, बाराका १२ जना, रौतहटका १ र सप्तरीका १ जना गरी जम्मा ३६ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले बताए ।
 
पर्साका विभिन्न ठाउँबाट संलकन गरिएको १३९ र बाराबाट संकलित ५६ जनाको शुक्रबार राति जम्मा १९२ जनाको स्वाब परिक्षण गरिएको थियो ।
    
पर्सामा थपिएका संक्रमितमध्ये २५ जना पुरुष र ११ जना महिला रहेका छन् । अधिकांश संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका छन् ।

पर्साका डाबर नेपालका एक जना कर्मचारी र वीरगञ्जस्थित एनसीसी बैंकका ३ जना र एसबीआई बैंकका एक एक जना कर्मचारीम संक्रमण देखिएको छ । वीरगञ्ज महानगरको वडा नं. १० का ६ जना र वडा नं. १३ का ४ जनामा संक्रमण पुष्टि भएको छ । अन्य संक्रमितहरु वीरगञ्जको वडा नं. १४ का २ जना, वडा नं. १, ३, ४ र २४ का एक एक जना रहेका छन् ।

बाराको सुवर्ण गाउँपालिकाको वडा नं. २ का १ जना र कलैया वडा नं. ५ का १जनामा संक्रमण देखिएको छ । बाराका बाँकी संक्रमित निजगढ नगरपालिकाका हुन् । निजगढको वडा नं. ९ का ६ जना, वडा नं. ७ का ३ जना, वडा नं. ६ र ८ का एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

एक जना रौतहटको राजपुर नगरपालिकाका र सप्तरीको रुपनी गाउँपालिकाका एक एक जना पनि संक्रमित भएका छन् ।

थपिएका संक्रमितहरुको सिटी भ्यालु १८ देखि ३६ सम्म रहेको र उमेर भने १३ देखि ७२ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस कुमार चौरसियाले जानकारी दिए ।

Back to top