×

वीरगञ्ज ३० असोज । आर्थिक अवस्था कम्जोर भएको एक परिवारलाई भाईजानस अफ वीरगञ्ज समुहले सहयोग गरेको छ ।

 

पैसाको आभावमा उपचारबाट बञ्चित भइरहेको परिवारलाई समुहले आर्थिक सहयोग गर्नका साथै दुई महिनासम्म पुग्ने रासनसमेत उपलब्ध गराएको हो ।

 

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गराउन आएको परिवारसँग बेड चार्ज तिर्ने समेत क्षमता थिएन ।

 

परिवारको अवस्था बारे म्रुलीका बासिन्दा हैदर अलिले जानकारी पाएपछि उनले भाईजानस अफ वीरगञ्ज समुहको सहकार्यमा परिवारको उद्धार गरेर उनीहरुको उपचार गराउन अस्पतालमा भर्ना गराएका थिए । उनीहरुलाई १० दिनको उपचारपछि डिस्चार्ज गरिएको अलिले जनाकारी दिए ।

 

अलिले परिवारलाई लत्ताकपडा, खाद्यान्न र पौष्टिक आहारसहतिको औषधि सहयोग गरेका छन् ।

Back to top