×

वीरगञ्ज ३० असोज । नेपाल विद्यार्थी संघ पर्साले ठाकुरराम बहुमुखी क्याम्पसको प्रशासन गैर जिम्मेवार भएको आरोप लगाएको छ ।

 

नेविसंघ ठाकुरराम एकाई कमिटिले उठाएको विभिन्न मुद्दा सम्बोधन गरेर क्याम्पसलाई विकास गर्न पक्षमा क्याम्पस प्रशासन नरहेको आरोप लगाएको हो ।

 

एकाई कमिटिले क्याम्पस र विद्यार्थीको हितको माग गर्दै बुझाएको १४ बुँदे ज्ञापन पत्रका मागहरु पूरा गर्न क्याम्पस प्रशासनले कुनै चाँसो नदेखाएको एकाई अध्यक्ष मनोज साहले बताए । संघले बुझाएको १४ बुँदे ज्ञापन पत्रको माग पूरा गर्न क्याम्पसले कुना पहल समेत नगरेको बताउँदै दु:ख व्यक्त गरे ।

 

'क्याम्पसमा सुधार होस्, विद्यार्थीलाई पठन-पाठनमा सहजीकरण होस् र हाम्रो गौरभ ठाकुररामको त्यो महत्व पुन: फिर्ता आओस भन्ने उद्द्येशका साथ हामीले ज्ञापन पत्र बुझाएका थियौं,' साहले भने, 'तर हाम्रो मागलाई पूरा गर्न क्याम्पस प्रशासनले कुनै पहल समेत गरेको छैन ।'

 

नेविसंघले माग पूरा गराउन वातावरण बनाइन दिन क्याम्पस प्रशासनसँग पुन: आग्रह गरेको छ ।सहमती अनुरुप नेविसंघ वार्तामा बस्न तयार रहेकोले अविलम्ब वार्ताको वातावरण निर्माण गर्न क्यामपस प्रशासनसँग आफुहरुले माग गरेको साहले बताए ।

 

साथै वार्ताको वातावरण निर्माण नभए त्यसबाट उत्पन्न हुने कुनै किसिमको घटनाको जिम्मेवार स्वयम् क्यामपस प्रशासन हुने साहले चेतावनी दिए ।

Back to top