×

वीरगञ्ज ३० असोज । पर्सा प्रहरीले राजश्व छली गरेर अवैध बाटो प्रयोग गर्दै ल्याइएको चौपाया नियन्त्रणमा लिएको छ ।

 

ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटेको प्रहरी टोलिले नियमित चेक जाँच गर्ने क्रममा भारतबाट अवैध बाटो प्रयोग गरेर ल्याउँदै गरेको ४ वटा भैसी र ३ वटा पाडा नियन्त्रणमा लिएको हो ।

 

गत मंगलबार पर्सागढी नगरपालिका वडा नम्बर ५ स्थित पेट्रोलपम्पमा ना.३ च ११०६ र ना.४ च ९६२९ नम्बरको दुई वटा पिकअप ट्रकमा लोड गरेर राखिएको अवस्थामा चौपाया नियन्त्रणमा लिएको थियो ।

 

प्रहरीले चौपायाहरु सहित पोखरिया नगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय बिशाल प्रसाद यादवलाई समेत पक्राउ गरेको छ । उनले पिकअप चलाएर ल्याएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

नियन्त्रणमा लिएको चौपायालाई थप अनुसंन्धानका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको छ भने पक्राउ परेका यादवसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको जनाइएको छ ।

Back to top