×

वीरगञ्ज ३० असोज । जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिणाममा अवैध अलैँची बरामद गरेको छ ।

प्रहरीले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाईपास रोड नैजिकैबाट १४ वटा बोरामा राखिएको ५ क्विन्टल अलैँची बरामद गरेको हो ।

जिल्लाबाट खटेको प्रहरी टोलीले नियमित चेकजाँच गर्न क्रममा उक्त मात्राको अलैँची बरामद गरिएको जनाएको छ । प्रहरी अनुसार अलैँचीको मुल्य लगभग १२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

बरामद गरिएको अलैँचीलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय वीरगञ्ज पठाईएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।

Back to top