×

वीरगञ्ज २२ असोज । भारतका केन्द्रीय उपभोक्ता मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

उनको बिहीबार बेलुकी दिल्लीको एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पासवानका छोरा तथा सांसद चिराग पासवानले ट्विट गर्दै पिताको निधनको पुष्टि गरेका छन् ।

मोदी सरकारका उपभोक्तामन्त्री पासवान लामो समयदेखि एस्कर्ट्स अस्पतालमा भर्ना थिए ।

Back to top