×

वीरगञ्ज १९ असोज । बारा प्रहरीले ३७ लाख ८३ हजार बराबरको चोरी निकासी र पैठारीको लताकपडा र अलैची बरामद गरी हिजो भन्सार दाखिला गरेको छ ।

गत असोज १७ गते इलाका प्रहरी कार्यालय जितपुरले चेकजाँचको क्रममा बरामद गरेको भन्सार छलीको एघार लाख ५५ हजार ६ सय ८७ मुल्य बराबरको लत्ताकपडा र सामान ओसारपसारमा प्रयोग भएको अन्दाजी २० लाख मुल्य बराबरको ना २ च ६६७९ नं.को पिकअप पनि भन्सारमा दाखिला गरिएको बारा प्रहरीले जनाएको छ ।

सामान र गाडीसँगै पक्राउ परेका पिकअपका चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ बस्ने वर्ष २२ को छोटेलाल पटेललाई पनि आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामो बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साथै, सोही दिन इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत सवारी चकजाँचको क्रममा सर्लाहीबाट वीरगञ्जतर्फ लादै गरेको अवस्थामा बरामद गरेको ३२० किलो अलैची र पिकअप पनि भन्सार दाखिला गरिएको छ ।

प्रदेश नम्बर २ ०३ ००१ च ०४९७ नम्बरको पिकअपमा कर छली गरी लग्दै गरेको १ लाख २८ हजार मूल् बराबरको अलैची र ६ लाख पर्ने उक्त पिकप समेत आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Back to top