वीरगञ्ज १८ असोज । छोटो समयमा गुणस्तरीय र उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेर जनताको विश्वास जित्न सफल नारायणी वयोधा अस्पतालले आफ्नो सेवा क्षेत्र विस्तार गरेको छ ।
अस्पतालले सेवा क्षेत्र विस्तार गर्दै वीरगञ्जको मुख्य बजारमा घण्टाघर लिक्क रोडमा सिटि क्लिनिकको स्थापना गरेको छ । अस्पतालले गण्डकस्थित आफ्नो मुख्य भवनबाट उपलब्ध गराउँदै आएको मुख्य सेवाहरुलाई विस्तार गर्दै अफ वीरगञ्ज बजार क्षेत्रबाट पनि स्वास्थ्य सेवा दिन लागेको हो ।
वीरगञ्जस्थित लिंक रोडबाट सेवा सुचारु गरेको सिटि सेन्टरको आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।
सेन्टरको उद्घाटन अस्पतालका निर्देशक एवम् उद्योग वाणिज्य महासंघका प्रदेश नं २ उपाध्यक्ष अशोक वैद्यले गरेका थिए ।
सेन्टरबाट सेवाग्राहीले ओपिडी कन्सल्टेसन, डे केयर, एक्स रे, अल्ट्रा साउण्ड, टिएमटि, इको, प्याथोलोजी, फार्मेसी, सबै प्रकारका रगत जाँच,फुल बडी चेक र अन्य विभिन्न सेवाहरु प्राप्त गर्न सक्ने छन् ।
सेन्टरको स्थापना वीरगञ्जवासीका लागि नौलो प्रयास रेहको छ ।