×

वीरगञ्ज १६ असोज । सिमरास्थित विमानस्थलबाट अब यती एयरलाइन्सलेपनि उडान सुरु गर्ने भएको छ ।

लामो समयदेखि एकाधिकार चलाउँदै आएको बुद्ध एयरको प्रभुत्वलाई तोड्दै यती एयरलाइन्सले आगामी असोज २१ गतेदेखि सिमरा विमानस्थलबाट काठमाडौँको लागि नियमित उडान सुरु गर्न लागेको हो ।

निजि क्षेत्रको उत्कृष्ट वायुसेवा प्रदायक संस्थाको रुपमा परिचित यती एयर्लाइन्सले १२ वर्षपछि सिमराबाट उडान गर्न लागेको विमानस्थलका अधिकारीहरुले बताएका छन । यतीले दैनिक सिमरा र काठमाडौँबाट दैनिक दुई/दुई वटा उडान गर्ने भएको छ ।

यतीले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रूपमा सिमराबाट उडान सञ्चालन गर्न घोषणा गरेको हो । एयरलाइन्सले अहिले केहि दिनका लागि प्रमोशनल दरको रुपमा जम्मा २८ सय रुपैयाँमा सिमराबाट काठमाडौँको उडान गर्ने घोषणा समेत गरेको छ ।

यतीले यसअघि नै सिमराबाट नियमित उडान गर्ने घोषणा गरेपनि कोभिड-१९ संक्रमणका कारण योजना पछि धकेलिएको यतीका अधिकारीहरुले बताएका छन ।

एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्ताैलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सतर्कता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए ।

Back to top