×

वीरगञ्ज १६ असोज । गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासले मधेश फाउन्डेसनलाई एम्बुलेन्स उपलब्ध गराएको छ ।

भारतका महापुरुष महात्मा गान्धीको १५१ औं जन्म जयन्तिको अवसरमा नेपालमा रहेको विभिन्न सामाजिक संघ संस्थाहरुलाई एम्बुलेन्स लगायतका वाहनहरु उपलब्ध गराएको छ ।

मधेसमा सक्रिय रूपमा विगत लामो समयदेखि उल्लेखनीय काम गर्दै आएको मधेस फाउन्डेसनलाईपनि दुतावासले संस्थाको कार्यलाई कदर गर्दै एम्बुलेन्स उपलब्ध गराएको हो ।

महावाणिज्य दुतावासमा आयोजित एउटा कार्यक्रममा संस्थाकी अध्यक्ष पिंकी यादवलाई एम्बुलेन्स हस्तातरण गरिएको थियो ।

एम्बुलेन्स उपलब्ध गराएर संस्थालाई थप जिम्मेवारी पुर्वक चलाउन दुतावासले प्रोत्साहन दिएको उनले बताइन ।

Back to top