वीरगञ्ज १६ असोज । ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले आज वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरुलाई सम्मान तथा विदाई गरेको छ ।
करिब १५ महिना पर्सा जिल्लाको शान्ति सुरक्षा तथा सुव्यवस्था स्थापनामा महत्वपुर्ण भुमिका खेल्नुका साथै सामाजिक क्रियाकलापमा समेत सक्रियताका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै केन्द्रले आज एक कार्यक्रमका बिच प्रहरी निरिक्षक पनेरुलाई सम्मान तथा विदाई गरेको हो ।
पर्सा जिल्लामा छोटो समयमै आफ्नो इमान्दारीता र कर्तव्यनिष्ठा प्रहरी निरिक्षकको छवि बनाउन सफल पनेरुको अपराध अनुसन्धान महाशाखामा सरुवा भएको छ । कोभिड-१९ ले त्रसित बनाएको विषम परिस्थितमा आफै संक्रमित भएरपनि नागरिकको सुरक्षाका लागी उहाँले निभाएको भुमिका अत्यन्तै सह्रानिय भएको सम्मान तथा विदाई समारोहका बक्ताहरुले बताएका थिए ।
वीरगञ्जमा काम गर्ने क्रममा यहाँका सामाजिक संघ संस्था, समाजसेवी, बुद्धिजिवि, सञ्चारकर्मीसहित स्थानीय नागरिकको सहयोग पाएकोमा खुशि व्यक्त गर्दै प्रहरी निरिक्षक पनेरुले वीरगञ्जको बसाई आफ्नो लागी अविस्मरणिय पल भएको बताए ।
केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक कमलराज पण्डित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायत केन्द्रका पदाधिकारीसहित सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् स्थानीयको उपस्थिती रहेको थियो ।