×

वीरगञ्ज १६ असोज । गान्धी जयन्ति अर्थात अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा भारत सरकारले नेपालका विभिन्न संघ संस्थाहरुलाई एम्बुलेन्सलगायतका वहानहरु सहयोग गरेको छ ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा यस वर्ष पनि भारतीय राजदूतावास काठमाडौँले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ ।

एम्बुलेन्स पाउनेमा पर्साका केहि संघ संस्थाहरुपनि रहेका छन् । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासले विभिन्न क्षेत्रमा लामो समयदेखि परोपकारी काम गर्दै आएको साहिब दरबार सेवा संस्थानलाई पनि एक थान एम्बुलेन्स सयोग गरेको हो ।

माहावानिज्य दुतावासले साहिब दरबार सेवा संस्थानलाई उपचार स्वारुप एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष राजेशमान सिंहले बताए ।

उनले आफ्नो संस्थाद्वारा कोरोनाभाइरस नियन्त्रण गर्ने सरकारले लागेको लकडाउनको समयमा गरिएको कामको कदर गर्दै भारत सरकारले एम्बुलेन्स सहयोग गरको बताए ।

उनले एम्बुलेन्स प्राप्त भएसँगै आफ्नो काँधमा जिम्मेवारी थपिएको बताउँदै अझै प्रभावकारी ढंगबाट काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Back to top