वीरगञ्ज १५ असोज । रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले विभिन्न मानवीय तथा परोपकारी कामहरु गरेर इन्टरनेशनल अन्तराष्ट्रिय ज्येष्ठ नगारिक दिवसको मनाएको छ ।
अन्तराष्ट्रिय ज्येष्ठ नगारिक दिवसको अवसरमा क्लबले बिहिबार ज्येष्ठ नागरिकहरुलाई छाता वितरण गरेको छ ।
ज्येष्ठ नगारिक संघले नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको सम्मान कार्यक्रममा क्लबका अध्यक्ष विनित लोहियाको विशेष उपस्थितिमा २५ जना ज्येष्ठ नागरिकहरुलाई छाता वितरण गरिएको क्लबका सर्भिस प्रोजेक्ट डाईरेक्टर अनिल जायसवालले जानकारी दिए ।
त्यसैगरी क्लबले आफ्नो सर्भिस प्रोजेक्ट अन्तर्गत घरविहिन तथा आश्रय नभएका व्यक्तिहरुकालागि सञ्चालित मानवसेवा आश्रम वीरगञ्जमा बेड मैट्रेस उपलब्ध गराएको छ ।
क्लबले आश्रममा एउटा अनौपचारीक कार्यक्रमको आयोजना गरी आश्रममा संयोजक देवेश गुप्तालाई १५ थान बेड मैट्रेस हस्तान्तरण गरेको थियो ।
रोटरी वर्ष २०२०/२१ को तेस्रो महिना जुलाईदेखि सेप्टेम्बरसम्ममा क्लबले कयौँ मानवीय कार्यहरु गरेको छ । क्लबले आगामी दिनहरुमापनि यस्ता कार्यक्रमहरु गर्ने योजना बनाएको क्लबका अध्यक्ष लोहियाले बताए । उनले मानवीय भावनाले सञ्चालित क्लबले हरेक समय दु:खि र आवश्यकमा परेकाहरुको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष पशुपति विक्रम शाह, उषा शाह, जगदीश शर्मा, सचिव चन्दन सिंह, डा. निरज सिंह, गोकुल बसनेतलगायतका सहभागिता रहेको प्रोजेक्ट डाईरेक्टर जायसवालले जानकारी दिए ।