×

वीरगञ्ज १५ असोज । वीरगञ्ज बाल संरक्षण, किशोरकिशोरीहरुको विकास तथा अनलाईन सुरक्षा बारे २ दुई दिने प्रशिक्षण आज सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न १० वटा सामुदायिक र निजी बिद्यालयका माध्यमिक तहका शिक्षक÷शिक्षिकाहरुलाई किशोराअवस्थामा विद्यार्थिहरुका समस्या तथा समाधानमा अभिभावक र शिक्षको भुमिका सम्बन्धि सचेत गराउने अभिप्रायले युवालयले प्रशिक्षण कार्यत्रमको आयोजना गरेको हो ।

डिकेए अष्ट्रियको सहयोग र वीरगञ्ज महानगरपालिकाको समन्वयमा भएको वीरगञ्जस्थित १० वटा विद्यालयका २० जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

तालिममा एनजिओसिसीका सल्लाहाकार बृजकिशोर पटेलले कोरोना महामारीका शिक्षा क्षेत्रमा र विद्यार्थिहरुमा परेको प्रभाव, किशोरावस्थामा देखिने समस्यालगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

युवालय कार्यसमितिका सदस्य जया साहको अध्यक्षामा सम्पन्न तालिमको समापन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले झण्डै ७ महिनापछिको अवस्थामा यस्तो तालिम गर्नुपर्ने आवश्यक्ता औल्याउँदै यस्ता तालिमले शिक्षक शिक्षिकाहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वीरगञ्ज महानगरपालिका वडा न. १५ भिस्वास्थित नवदिप एकेडेमीको सभाहलमा सम्पन्न तालिममा युवा तथा खेलकुद शाखाका प्रमुख प्रकास शर्मा, वीरगञ्ज एकेडेमीका प्रधानाध्यापक समसोदिन अंसारी, नवदिप एकेडेमीका प्रधानाध्यापिका सुशिला साह, माईस्थान बिधापठिका सहायक प्रधानाध्यापक दया कान्त झा लगायतको सहभागिता रहेको युवा अभियान्ता नबिन पटेलले जानकारी दिनुभयो ।

Back to top