×

राजविराज १५ असोज । प्रदेश २ का जनताको अनुहारमा कम भएको खुशियाली पुनः फर्काउने भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले बताएका छन् ।

सप्तरीको बलान नदी प्रभावित क्षेत्रको अनुगमनमा पुगेका मन्त्री सोनलले विभिन्न प्राकृतिक प्रकोप तथा नदीको कटानीले जनताहरुलाई दुख्ति तुल्याएको बताए ।

आफूले जनताहरुको दुःख अनुभव गरेको र प्रदेस सरकारसँग भएको श्रोतसाधनको प्रयोग गरेर जनतालाई खुशी तुल्याउने मन्त्री सोनलले बाचा गरे।

कसैको जीवन वा जिविका समाप्त हुन नदिने दाबी मन्त्री सोनलले गर्दै आफूहरुले समस्या समाधानका लागि कमद चाल्दै गरेको बताए ।

नदी कटान क्षेत्रको अनुगमनका लागि मन्त्री सोनलसँगै संघीय सांसद रेणु यादव, राष्ट्रिय सभा सदस्य मिर्गेन्द्र सिंह यादव, प्रदेस सांसद अभिषेक यादव, बलान गापाका अध्यक्ष दयानन्द यादव, उपाध्यक्ष रुबि गुप्ता, जिसस सप्तरी संयोजक प्रभाकर यादव,जसपा नेता गजेन्द्र मण्डल, रमेश यादव, मन्त्रालय सिचाइ शाखा प्रमुख अरुण कर्णलगायत सहभागी थिए ।

भिडियो :

Video Player

Back to top