वीरगञ्ज १५ असोज । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र पर्साले भोर संस्था संयोजनमा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मानावसेवा आश्रम वीरगञ्जमा नि:शुल्क स्वास्थ्य शिविरीको आयोजना गरेको छ ।
केन्द्रले बिहिबार आश्रममा पुगेर त्यहाँ आश्रित ३५ जना आमाबुवा तथा बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै रोग प्रतिरोधाताम्क शक्ति वृद्धि गर्ने औषधि पनि वितरण गरेको थियो ।
शिविरमा केन्द्रका प्रमुख डाक्टर रमेश मिश्राले आमाबुवाहरुको स्वास्थ्य परिक्षण गर्नका साथ् पेट रोग, बाल बर्धक, इम्युनो बुस्टर, रसायन औषधि तथा गुरुची चियालगायतका अन्य औषधिहरु वितरण गरेका थिए ।
उनले कोरोनाभाइरस नियन्त्रणमा आयुर्वेदिक औषधि प्रभावकारी देखिएको भन्दै सबैलाई आयुर्वेदिक औसधि र उपचार प्रयोग गर्न सल्लहा दिएका थिए ।
कार्यक्रममा केन्द्रका कविराज नागेन्द्र प्रसाद पटेल, सामाजिक अभियन्ता प्रकाश थारू, आश्रमका संयोजक देवेश गुप्तालगायतको सहभागिता रहको थियो ।