×

वीरगञ्ज १५ असोज । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाले पर्सा जिल्लाका ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

ज्येष्ठ नागरिक संघ पर्साको समन्वयमा भएको कार्यक्रममा ८० वर्षदेखी १ सय १० वर्ष उमेर समुहका ३ जना महिला र २ जना पुरुष ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

संघका अध्यक्ष जगदिश प्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, उपप्रमुख शान्ति कार्की लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा डा. भरत गोईत र डा. निरज सिँहले अहिलेको विषम परिस्थितीमा ज्येष्ठ नागरिकले धयान दिनुपर्ने कुराका साथै अपनाउनुपर्ने स्वास्थ्य सावधानीका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्राध्यापक एवम् बिश्लेषक बिनोद गुप्ताले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Back to top