वीरगञ्ज १५ असोज । राजश्व छलीगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको साढे ११ लाख भन्दा बढी मूल्य बराबरको अवैध केराउ (मटर) प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलिले विशेष सूचनाको आधारमा अवैध तरिकारले राजश्व छलीगरी नेपालबाट भारत तर्फ ट्रयाक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा लगभग ११ लाख ५८ हजार बराबरको ४० क्विन्टल मटर बरामद गरेको हो ।
प्रहरीले मंगलबार राति वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित चालिस फिट्टे सडक खण्ड मार्फत लुकाएर भारत तर्फ लिगीरहेको अवस्थामा ना ६ त् ८७१० नम्बरको ट्रयाक्टरबाट चलाकसहति ३ हजार ९ सय ५० केजी मटरलगायत अन्य मालबस्तु जफत गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ घर भएका २० वर्षीय रोशन पटेल रहेका छन् । नियन्त्रणमा लिइएको मटर आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।