×

वीरगञ्ज २ असोज । वीरगञ्जका सक्रिया युवाहरुको समुह अनेकतामा एकता ग्रुपले स्वास्थ्य सामग्री वितरण गरेको छ ।

समुहले शुक्रबार वीरगञ्ज महानगरपालिकाको घडिअर्वा पोखरी, घण्टाघर र मीना बजार क्षेत्रमा मास्क, सेनीटाईजरलगायातका स्वास्थ्य सामग्री वितरण गरेको हो ।

समाजिक संस्था सानो पाइलाले उपलब्ध गराएको ४०० थान मास्क र ५० थान सेनीटाईजर समुहले रिक्सा चालक, ठेला तान्ने मजदुर, सडकमा तरकारी बेचे व्यपारीलगायत आवश्यकता भएकाहरुलाई वितरण गरेको थियो ।

समुहको नेतृत्व गर्ने युवा अभियान्ता सौरभ साहले सानो पाइला संस्थाको सहयोगबाट आफुहरुले विगत एक महिनादेखि गरिव र अतिविपन्न परिवारलाई खाद्यान्नसहित राहतसमेत वितरण गरेको बताए ।

उनले सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झा जस्ता युवाको नेपालमा खाँचो रहेको बताए । सानो पाइलाले कोरोना महामारीको समयमा देखाएको नेतृत्वडाय भूमिकाबाट नेपालका ठुला बडा नेताले समेत सिख्नु पर्ने उनको भनाइ थियो ।

Back to top