वीरगञ्ज १ भदौं । नोभेल कोरोना भाइरसका ५८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८१ संक्रमित थपिएका हुन् ।
जसमा १७३ महिला र ४०८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुने दर ६४ दशमलव २ प्रतिशत रहेको छ ।
आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ६३९ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख २९ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ७ हजार ३८ छन् । दुई हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् ।
आजसम्म देशभर १५ हजार १९८ जना क्वारेन्टिनमा रहेका छन् ।
शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर गरिएको १२ हजार ३४७ पीसीआर परीक्षणमा ६४१ मा कोरोना पोजेटिभ देखिएको हो । आइतबार १३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।