वीरगञ्ज २६ श्रावन । नेपालका पर्साका नेता जनार्दन सिंह क्षेत्रीलाई कोरोना सङ्क्रमण भएको छ । नारायणी अस्पतालले सोमबार सार्वजनिक गरेको कोरोना सङ्क्रमितहरुको पछिल्लो विवरण अनुसार नेता सिंहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
जिल्ला विकास समितिका पुर्व अध्यक्ष समेत रहेका नेता क्षेत्रीलाई केहि दिनदेखि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासको समस्या आएपछि उनि शुक्रबार आफैद्वारा सञ्चालित एडभान्स मेडिकेयर अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालमा कोरोना सङ्क्रमणको शङ्का लागेपछि उनले चिकित्सकको सल्लहामा पिसिआर परिक्षणका लागि आफ्नो स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा गरेर जम्मा गराए । आइतबार उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वाब जम्मा गराएपछि उनि आफुलाई आइसोलेट गर्न पुन: अस्पतालमै गएर भर्ना भए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल अफिसर डा. अरुण गिरिले बताए ।
उनलाई नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयर सिफ्ट गर्ने तयारी भइरहेको गिरिले बताए ।